Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

संसदकाे गतिरोध अन्त्यको प्रयास

रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले पनि दियो साथ, छानबिनको सुनिश्चिता नभएसम्म सदन चल्न नदिने

रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले पनि दियो साथ, छानबिनको सुनिश्चिता नभएसम्म सदन चल्न नदिने


  • 3.0K
    Shares

    रास्वपाको ५ बुँदे प्रस्तावमा माओवादीसहितका विपक्षीले पनि दियो साथ, छानबिनको सुनिश्चिता नभएसम्म सदन चल्न नदिने
    images

    काठमाडौं । विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ ।

    सँगै रास्वपाले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले साथ दिएका छन् ।सदन बस्नुअघि रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत् रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    उनले आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको बताए । बैठकमा बैठकमा माओवादीबाट उपमहासचिव वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, आम जनता पार्टीबाट प्रभु साहलगायत सहभागी थिए । राप्रपा भने बैठकमा सहभागी थिएन ।

    विपक्षी दलले आफ्नो अडान नछाडेपछि आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन । अहिले सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गरिरहेका छन् ।

     

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १२:४३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij