Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

मुलुक पुरानो व्यवस्थामा फर्कदैन : प्रचण्ड

मुलुक पुरानो व्यवस्थामा फर्कदैन : प्रचण्ड


  • 2.0K
    Shares

    मुलुक पुरानो व्यवस्थामा फर्कदैन : प्रचण्ड
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक कुनै पनि हालतमा पुरानो व्यवस्थामा नफर्कने बताएका छन् ।

    अन्नपूूर्ण गाउँपालिका–३ स्थित ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले लामो राजनीतिक संघर्ष र जनताको बलबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाबाट मुलुुक पछाडि नफर्कने बताएका हुन् ।

    ‘यो व्यवस्थाका कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्छ । राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने ढंगले काम गर्नुपर्छ’, उनले भने’ मुलुकमा कुनै पनि हालतमा पुरानो व्यवस्था फर्कँदैन ।’

    साथै, उनले जनताका समस्या बुझ्न आफू उनीहरूका घरदौलोमा पुुग्ने गरेको बताए । कालीगण्डकी करिडोर चाँडोभन्दा चाँडो पूरा गर्न आफ्नातर्फबाट हरसम्भव प्रयास हुने पनि उनले बताए ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १२:३४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij