Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

आजको मौसम

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै, सतर्कता अपनाउन महाशाखाको चेतावनी

पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै, सतर्कता अपनाउन महाशाखाको चेतावनी


  • 2.6K
    Shares

    पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतिर सर्दै, सतर्कता अपनाउन महाशाखाको चेतावनी

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेकाले होसियारी अपनाउन सुझाव दिएको छ। 

    महाशाखाले आज (बुधबार) बिहान साढे ६ बजेतिर चेतावनी जारी गर्दै भनेको छ: हाल देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकास भई यी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ र यो प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। त्यसैले आवश्यक सतर्कता अपनाउनुहोला।

    हेर्नुहोस् सूचना-

    यसअघि मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अनि देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

    यस्तै राति पनि देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - ०७:००:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij