२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । चालू खाता साढे दुई खर्बले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक हेर्दा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार २०८१/८२ को १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा ३ अर्ब २३ करोडले शोधनान्तर स्थिति बचतमा रहेको छ । अघिल्लो वर्ष २ अर्ब ९४ करोडले बचतमा थियो ।
निश्चित समयावधिभिक्र आवासीय र गैरआवासीय व्यत्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाह्य प्रवाह बढी हुन जान्छ ।
शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ ।
यस अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षे १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खाता यस वर्ष १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
खुद पूँजीगत ट्रान्सफर यो अवधिमा ८ अर्ब ४८ करोड रुपैयाँको भएको छ । १० महिनामा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको तथयांकले देखाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij