Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

यस्तो छ वाईसीएलको ७५ जना पदाधिकारी टीम (सूचीसहित)

यस्तो छ वाईसीएलको ७५ जना पदाधिकारी टीम (सूचीसहित)


  • 3.6K
    Shares

    यस्तो छ वाईसीएलको ७५ जना पदाधिकारी टीम (सूचीसहित)
    images

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल)ले ७५ जना पदाधिकारी चयन गरेको छ ।

    वाईसीएलले काठमाडौंमा भर्खरै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट पुष्प ओलीको नेतृत्वमा ७४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गरेको छ ।

    वाईसीएलको केन्द्रीय समितिमा २२ जना उपाध्यक्ष, १ जना महासचिव, १९ जना सहसचिव र ३१ सचिवहरू राखिएको छ भने  उपाध्यक्ष र उपमहासचिवमा सबै पदाधिकारीहरू खुलातर्फ चयन भएका छन् ।

    वाईसीएलले ३१ सचिवमध्ये महिलातर्फ ५ र आदिवासीतर्फ ३ जनालाई राखेको छ । १ जना सहसचिव मधेशी-मुस्लिम-अल्पसंख्यकतर्फ चयन गरिएको छ भने सुदूरपश्चिमबाहेकका प्रदेशबाट ६ जनालाई प्रदेशबाट सचिवका रूपमा वाईसीएलले सचिव बनाएको छ ।

    वाईसीएलले केन्द्रीय समितिको महासचिवमा गणेश शाहीलाई चयन गरिएको जानकारी दिएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको केन्द्रीय समितिको पदाधिकारीको नामावलीमा कोषाध्यक्ष चयन गरेको छैन ।

    वाईसीएलको महाधिवेशन काठमाडौंमा ६ दिनसम्म चलेको थियो भने वाईसीएलका नेताहरूले महाधिवेशनलाई अखिल क्रान्तिकारीमा जस्तै निर्वाचनमा लान चाहेका थिए । 

    y1.jpeg

     

    y2.jpeg

    Y3.jpeg

    प्रकाशित मिति :जेठ २६ २०८२ सोमवार - १२:२३:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij