Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान

भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान


  • 4.1K
    Shares

    भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिने विपक्षी दलहरूको अडान

    काठमाडौं । आइतबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले विपक्षी दलहरूले राखेको प्रस्तावमा सत्ताधारी कांग्रेस र एमाले तयार नभएकाले संसद्को अवरोध जारी राख्ने निष्कर्ष निकालेको छ । 

    भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म संसद्को अवरोध नहटाउने निष्कर्षमा विपक्षी दलहरू पुगेको हो । 

    माओवादीको प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रचण्डले संसद्को अवरोध हटाउन विपक्षी दलहरूले राखेको प्रस्ताव उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए सदन खुलाउन आफू तयार भएको प्रस्ताव राखेका थिए । तर प्रचण्डको प्रस्तावमा देउवा तयार नभएकोबारे उनले बैठकमा ब्रिफिङ गरेका थिए । 

     पाण्डेले भने, भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने हाम्रो अडान कायमै छ । समिति गठन गर्न प्रचण्डले देउवासँग राख्नुभएको प्रस्तावबारे पनि तयार भएको देखिएन । 

     

     

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १५:०९:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij