Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कांग्रेस सांसद निधिले माओवादीलाई भने भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनु

कांग्रेस सांसद निधिले माओवादीलाई भने भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनु


  • 2.5K
    Shares

    कांग्रेस सांसद निधिले माओवादीलाई भने भिजिट भिसामा छानबिन भइरहेको छ, अब सभा सञ्चालन गर्न दिनु
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सँग आग्रह गरेका छन् ।

    आइतबार भक्तपुरमा शहीद राधेश्याम जोन्छेको १३ औँ पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै निधिले माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने कुरा निर्भर रहेको बताएका हुन् । संसदीय प्रणालीमा आइसकेपछि संसदीय प्रणालीको नियमअनुसार संसद् सञ्चालन गर्न दिन आग्रह गरे ।

    सांसद निधिले भने, ‘संसद् अहिले अवरुद्ध छ । प्रतिपक्षीले अवरोध गरिरहेको छ । अब यो घडीमा आएर माओवादीकै हातमा संसद् चल्न दिने वा नदिने भन्ने रहेको छ । संसद्लाई माओवादीकै तर्फबाट अवरोध गर्ने काम गर्नु भएन भनेर म माओवादीसँग आग्रह गर्न चाहन्छु ।’

    उनले भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा नभएको बताए । उनले भने– ‘यहाँ छानबिन हुँदैछ । अख्तियारले छानबिन गरिरहेकै छ यो भिजिट भिसाको बारेमा ।

    रास्वपाका नेताको जस्तो विषय होइन यो । रास्वपाको नेतालाई त छानबिन गर्दै गर्दा अनुसन्धान गर्दै गर्दा बोलेकै थियो । रवि लामिछानेको घटनामा तपाईँमाथि यस्तो भनिएको छ, तपाईं किन बोल्नुहुन्न भन्ने तर्क तपाईँको यसमा लागू हुँदैन । तर्क नै छैन ।’ उनले भने-‘छानबिन भइरहेको बेलामा राजीनामा माग गरेर संसद् अवरुद्ध गराउनु राम्रो कुरा होइन ।

    माओवादी नेताहरूलाई म आग्रह गर्दछु, समाचारमा आइरहेको छ, लचक भइरहेको छ रे, कुन चाहिँ लचक हो थाहा छैन । अब प्रतिनिधि सभा संसदीय प्रणालीमा तपाईँहरू आइसक्नुभएको छ । संसदीय प्रणाली अनुसार त्यसलाई सञ्चालन गर्ने कुरामा सहयोग गर्नुपर्छ ।’

    उनले राजा फर्काउने कुरा निरर्थक रहेको बताए । नेपाली जनताले पटक पटक राजालाई साथ दिएको भन्दै जति साथ दिए पनि त्यसको बदलामा जनताको अधिकार खोसेर धोका दिएको उनको भनाई थियो । नेपालमा राजतन्त्र नचाहिने भन्दै राजतन्त्र फर्किन नदिने स्पष्ट पारे ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - १३:२४:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij