Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन

माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन


  • 2.4K
    Shares

    माधव नेपालविरुद्धको मुद्दामा चासो राख्दै प्रचण्डलाई देउवाको फोन
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोनवार्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध मुद्दा दायर भएपछि देउवाले प्रचण्डलाई फोन गरेका हुन् ।

    स्रोतका अनुसार, उनीहरूबीच हिजो (बिहीबार) नै फोनवार्ता भएको हो ।प्रचण्डका अनुसार, फोन देउवा आफैंले गरेका थिए ।  संसद् भवनमा केही सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।

    ‘देउवाजीले हिजो फोन गर्नुभएको थियो । माधव नेपालमाथि जुन मुद्दा दर्ता भयो । त्यो विषयमा के भएको हो भनेर सोध्दै हुनुहुन्थ्यो,’ प्रचण्डले भने, ‘के भएको हो भनेर ? शेरबहादुरजीले मलाई सोध्ने भनेपछि म आफैं आश्चर्यमा परेँ ।’

    फोनवार्ताका क्रममा केहीबेर ठट्टा चलेको पनि उनले बताए ।

    ‘मैले चाहिँ तपाईंलाई पो थाहा हुनुपर्छ भनेँ । उहाँलाई पनि थाहा नभएको बुझेँ मैले,’ प्रचण्डले भनेका छन्, ‘देउवासँग सल्लाहमा मुद्दा दर्ता भएको होइन रहेछ भन्ने मैले बुझेँ।’

     

    प्रकाशित मिति :जेठ २३ २०८२ शुक्रवार - १४:५८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij