Logo

२०८२ चैत्र १० गते मंगलवार

२०८२ चैत्र १० गते मंगलवार

पदाधिकारी बैठक

सदनको अवरोध खोल्न माओवादी लचक, अन्य विपक्षी दलसँग छलफल गर्ने

सदनको अवरोध खोल्न माओवादी लचक, अन्य विपक्षी दलसँग छलफल गर्ने


  • 1.6K
    Shares

    • images
    सदनको अवरोध खोल्न माओवादी लचक,  अन्य विपक्षी दलसँग छलफल गर्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सदनको गतिरोध अन्त्य गर्न अधिकतम प्रयास गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा छानबिनको विषयलाई प्राथमिकता राखेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

    उनले भने, ‘हामीले व्यक्ति विशेष कुरा गरेका छैनौँ । मुख्य कुरा छानबिनको हो । सकारात्मक निष्कर्षमा पुर्‍याउनुपर्छ भनेर कुरा भइरहेको छ । सरकारसित र विपक्षी पार्टीहरूसँग कुराकानी गर्छौँ ।’ सरकारले आफ्ना मागहरूलाई कसरी लिन्छ भन्ने कुरामा निर्भर हुने बताए ।

    विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, छानबिन समितिको माग राख्दै सदन अवरोध गरिरहेका छन् । पछिल्लो समय माओवादी गृहमन्त्रीको राजीनामा नआए सरकारले छानबिन समितिको प्रतिबद्धता जनाए पनि सदन खोल्न तयार देखिएको छ । जुन कुरा प्रवक्ता सापकोटाको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

    उनले आज गृहमन्त्रीको राजीनामाबारे भन्दा पनि छानबिन पार्टीको प्राथमिकतामा रहेको सुनाए । जिम्मेवार प्रतिपक्ष भएकाले रचनात्मक सिर्जनात्मक सहयोग गरेर जान तयार रहेको बताए । उनले विपक्षी दल र सरकारसँग वार्तापछि सदनबारे ठोस निर्णय हुने बताए ।

    प्रकाशित मिति :जेठ २२ २०८२ बिहिवार - १०:५१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij