२०८२ भाद्र १८ गते बुधवार
अमेरिकाले विभिन्न १२ देशका नागरिकहरूलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्धसम्बन्धी एक आदेशमा हस्ताक्षर गरेका हुन् ।
पूर्ण प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, रिपब्लिक अफ कङ्गो, इक्वेटोरियल गिनी, इरिट्रिया, हइटी, इरान, लिबिया, सोमालिया, सुडान तथा यमन सामेल छन् ।
ट्रम्पले पूर्ण प्रतिबन्ध लगाउका साथै केही देशका नागरिकहरूको अमेरिका यात्रामा आंशिक प्रतिबन्ध पनि लगाएका छन् । ट्रम्पले बुरुन्डी, क्युवा, लाओस, सियरालियोन, टोगो, तुर्कमेनिस्तान तथा भेनेजुएलाका नागरिकमाथि आंशिक प्रतिबन्ध लगाएका छन् ।
ट्रम्प प्रशासनले 'खतरनाक विदेशी तत्त्व'बाट अमेरिकीहरूलाई बचाउनका लागि यस्तो प्रतिबन्ध लगाइएको बताएको छ । यो आदेश ९ जुनदेखि लागू हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij