२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले महासचिव मनिष कुमार मिश्रलाई पार्टी प्रवक्ताको थप जिम्मेवारी दिएको छ ।
पार्टीको संशोधित विधान अनुसार थप जिम्मेवारीका साथ मिश्रलाई उक्त पदमा मनोनयन गरिएको अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
विद्यार्थीबाट राजनीतिमा प्रवेश गरेका महासचिव मिश्रको कार्यकौसलता हेरेर प्रवक्ताको जिम्मेवारी दिएको बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij