२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएकोछ । भूमध्यसागरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। भूकम्प
टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij