२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।
छलफलमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता कृष्ण सिटौला लगायत सहभागी रहेका छन् ।
खासगरी संसद् बैठकमा देखिएको गतिरोध अन्त्य गर्नेबारे उनीहरूबीच छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij