Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने माओवादीको अडान

गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने माओवादीको अडान


  • 3.3K
    Shares

    गृहमन्त्रीको राजीनामा नआएसम्म संसद्को अवरोध कायमै राख्ने माओवादीको अडान
    images

    काठमाडौँ । ‘गृहमन्त्रीको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय भएको छ। 

    नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । 

    सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए ।

    त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकाल्दै समर्थन गर्न लायक नभएको ठहर गरेको छ । 

    दलको बैठकमा पार्टीभित्रका विज्ञहरू मीनबहादुर श्रेष्ठ, रामकुमार फुयाँल, रामनारायण विडारी, डीपी ढकाललगायतसँग बजेटबारे सांसदहरूले अन्तरक्रिया गरेका थिए ।

    प्रकाशित मिति :जेठ १९ २०८२ सोमवार - १५:३८:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij