Logo

२०८२ पौष ५ गते शनिवार

२०८२ पौष ५ गते शनिवार

अमेरिकाले कोरोना व्यवस्थापनमा भारतलाई सहयोग गर्नुको यस्तो रहेछ खास कारण

अमेरिकाले कोरोना व्यवस्थापनमा भारतलाई सहयोग गर्नुको यस्तो रहेछ खास कारण


  • 6.0K
    Shares

    अमेरिकाले कोरोना व्यवस्थापनमा भारतलाई सहयोग गर्नुको यस्तो रहेछ खास कारण
    images

    काठमाडौं । कोरोना संकटका कारण समस्यामा परिरहेको भारतको सहायताका लागि अमेरिका अघि सरेको छ । अमेरिकाका राष्ट्रपति जो बाइडनले भारतलाई आवश्यक चिकित्सकीय जीवनरक्षक आपूर्ति तथा उपकरण लगायत सबै किसिमको सहयोग दिने आश्वासन दिएका छन् । 

    तर केही समयअघिसम्म सहायता नगर्ने भनिरहेको अमेरिकाको मन कसरी पग्लियो र उनका विभिन्न निकायहरू सहायताका लागि किन सक्रियता देखाउँदैछन् ?

    भारतलाई चीन र रुसले सहायता गर्ने भएपछि आफ्नो साझेदार अर्को खेमामा जाला भनी आत्तिएको अमेरिकाले लचिलोपन देखाएको बताइँदैछ । 

    खोप उत्पादनमा आवश्यक कच्चा पदार्थको आपूर्तिमा प्रतिबन्ध नहटाउने निर्णयपछि बाइडन प्रशासनमाथि आफ्नै देशका नेताहरूले दबाब दिएका थिए । अमेरिकाका कतिपय सांसदहरूले भारतलाई सहयोग गर्न प्रशासनलाई आग्रह गरे । दुई देशका शीर्ष अधिकारीबीच कुराकानी भयो । 

    बाइडनको सकारात्मक संकेत पाएपछि अमेरिकाका ४० वटा शीर्ष कम्पनीहरूका सीईओ भारतको सहायताका लागि अघि सरेका छन् ।

    अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले पनि भारतमा आवश्यक चिकित्सा आपूर्तिको डेलिभरी शुरू गर्न युद्धस्तरमा काम थालेको छ । अक्सिजन उपकरण, र्‍यापिड टेस्टिङ किट र पीपीई किट उपलब्ध गराइने भएको छ । 

    पेन्टागनका प्रेस सचिव जोन कर्बीले केही दिनभित्रै आपूर्ति शुरू गर्ने बताए । आवश्यक आपूर्तिका लागि परिवहन र लजिस्टिक सहायता पनि उपलब्ध गराउने उनको कथन छ । कर्बीले भारतसँगको साझेदारीलाई अमेरिकाले निकै महत्त्व दिएको बताए । 

    प्रकाशित मिति :बैशाख १४ २०७८ मंगलवार - १२:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij