Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

टुँडिखेल आसपासमा एमालेलाई कार्यक्रम गर्न अनुमति, राजावादीले कुन ठाँउमा गर्छ त ?

टुँडिखेल आसपासमा एमालेलाई कार्यक्रम गर्न अनुमति, राजावादीले कुन ठाँउमा गर्छ त ?


  • 2.7K
    Shares

    टुँडिखेल आसपासमा एमालेलाई  कार्यक्रम गर्न अनुमति, राजावादीले कुन ठाँउमा गर्छ त ?
    images

    काठमाडौं । गणतन्त्र दिवसका अवसरमा भोलि बिहीबार नेकपा ९एमाले० ले काठमाडौंको टुँडिखेल वरिपरि कार्यक्रम गर्न अनुमति पाएको छ ।

    जिल्ला प्रशासन कार्यालयबाट टुँडिखेल आसपासका सुन्धारा, भृकुटीमण्डप, रत्नपार्क लगायतका क्षेत्रका सांस्कृतिक कार्यक्रमहरू गर्न भनेर अनुमति लिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले  बताए ।

    गणतन्त्र दिवसकै दिनबाट राजावादीहरूको संयुक्त मोर्चाले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दैछ । नवराज सुबेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले घोषणा गरेको संयुक्त जनआन्दोलन काठमाडौं केन्द्रित हुनेछ । तर, समितिले अहिलेसम्म कुनै पनि ठाउँमा प्रदर्शन गर्नका लागि अनुमति नमागेको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए ।

    राजावादीहरूले भोलिबाट हुने आन्दोलन व्यवस्था उल्टाउने जनविद्रोह भएकाले अनुमति लिइराख्नु नपर्ने बताएका छन् । यद्यपि, प्रशासनलाई जानकारी भने गराइने राप्रपा नेपालका एक प्रवक्ता राजाराम बर्तौला बताउँछन् । उनले भने, ‘हामी सम्भवतः लिखित रूपमा नै जानकारी गराउने छौँ । यसमा अनुमति पर्खेर चाहिँ बस्दैनौं ।’

    संयुक्त जनआन्दोलन समितिले यसअघि नै रत्नपार्कबाट आन्दोलन उठाउने घोषणा गरिसकेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउसो १२ बजे रत्नपार्कमा भेला हुन आह्वान गरिएको थियो ।

    यता, प्रहरी उच्च स्रोतले भने राजावादीलाई रिङरोडभित्र कार्यक्रम गर्न नदिने रणनीति रहेको बतायो । स्रोतले भन्यो, ‘राजनीतिक तहबाट भएको निर्देशन अनुसार राप्रपालाई रिंगरोड बाहिरका लागि मात्रै अनुमति दिने तयारी छ ।’

    केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले उपत्यकाका विभिन्न प्रहरी युनिटसँग समन्वय भइरहेको बताए । उपत्यका प्रहरी कार्यालयको सुरक्षा योजनाबारे प्रधान कार्यालयलाई रिपोर्टिङ भएपछि मात्रै प्रहरीले आफ्नो योजना सार्वजनिक गर्ने उनको भनाइ छ ।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - ११:५२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij