Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंकिङ प्रणालीबाट थप ८० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट थप ८० अर्ब तान्दै राष्ट्र बैंक


  • 1.3K
    Shares

    बैंकिङ प्रणालीबाट थप ८० अर्ब  तान्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज पनि ८० अर्ब रूपैयाँ तान्ने भएको  छ । बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज उक्त रकम तान्ने भएको हो ।

    राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ भने बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल रकम आह्वान गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १०:४६:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij