Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना

विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना


  • 1.4K
    Shares

    विपद् जोखिम न्यूनीकरण गर्न एमालेका ११ कार्ययोजना
    images

    काठमाडौं । नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने भएको छ ।

    सो पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले मंगलबार रणनीतिक कार्यशालाले ११ बुँदे कार्ययोजना पारित गरेको छ । विभाग प्रमुख खिमलाल भट्टराईका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन स्वयंसेवा विभाग गठन गरिनेछ । 

    कार्यशालामा महासचिव शङ्कर पोखरेलले पार्टीका सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्न र पार्टी कमिटीहरूलाई बाढी पहिरो र डुबानबाट हुन सक्ने जोखिमको न्यूनीकरणका निम्ति पूर्व तयारी, सचेतना तथा उद्धार र राहतका कार्यहरूमा जुट्न  निर्देशन दिएका छन् । 

    विपद् विज्ञ डा वसन्त अधिकारीले वाढीपहिरो र जोखिमका विभिन्न पक्षहरूको बारेमा कार्यशालामा विषय प्रस्तुति गरेका थिए । प्रदेशर जिल्ला कमिटीका अध्यक्षहरू, जिल्ला विभागका प्रमुखहरू, जन सङ्गठनका प्रमुख र प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए ।

    494866173_1812022546244368_2677959391465539319_n_DGDPSIWdPF (1).jpg

     

     

    प्रकाशित मिति :जेठ १४ २०८२ बुधवार - १०:२४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij