Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए

भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए


  • 3.1K
    Shares

    भारतमा एकै परिवारका सात जना कारभित्र मृत भेटिए
    images

    काठमाडौं । भारतको हरियाणास्थित पंचकुलामा एउटा कारभित्र सात जना मृत फेला परेका छन्।

    पंचकुलाका डीसीपी हिमाद्री कौशिकले मृतक सबै एकै परिवारका भएको र उनीहरूको पहिचान भइसकेको बीबीसी हिन्दीलाई बताएकी छन । उनले भनेन् कि ‘प्रथम दृष्टिमा यो आत्महत्याको घटना देखिन्छ’। समाचार एजेन्सी पीटीआईका अनुसार उनीहरू देहरादूनका एकै परिवारका सदस्य थिए।

    मिडियासँग कुरा गर्दै डीसीपी हिमाद्री कौशिकले भने, “हामीलाई ओजस अस्पतालमा छ जनालाई ल्याइएको जानकारी प्राप्त भयो। हामी त्यहाँ पुग्दा, हामीले उनीहरूको मृत्यु भइसकेको पायौं र सिभिल अस्पतालको सेक्टर ६ मा लगिएको एक जनाको पनि मृत्यु भयो।”

    उनले सरसर्ती हेर्दा यो आत्महत्याको घटना देखिएको र फोरेन्सिक प्रमाणहरू सङ्कलन भैरहेको बताए। । घटनाको गहन अनुसन्धान गरिनेछ उनले बताएका छन्। बीबीसी

    प्रकाशित मिति :जेठ १३ २०८२ मंगलवार - १५:३७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij