२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएसँगै ५ जना अध्यक्षका दाबेदारहरू आउट भएका छन् । नेकपा एमालेले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेसँगै हालका चार जना उपाध्यक्षहरू र महासचिव अध्यक्षको दौडबाट आउट भएका हुन् ।
अब पाँच जना सचिवहरू अध्यक्षको दौडमा आउने भएका छन् । पाँचै जना सचिवहरूबाट अध्यक्ष चयन हुनेछ । अनेरास्ववियुले सहमतिको आधारमा नयाँ समिति चयन गर्ने तयारी गरेको छ । तर, सहमति जुट्न नसकेको निर्वाचनको प्रक्रियाबाट नयाँ नेतृत्व चयन गरिने उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।
अनेरास्ववियुले आगामी जेठ २५ देखि २८ गतेसम्म काठमाडौँमा २४ औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको छ । त्यसका लागि हालका चारै जना उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट, धर्म गिरी तथा महासचिव नरेश रोकाया अध्यक्षको आकांक्षी थिए । तर, पार्टीले ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेपछि पाँचै जना अध्यक्षको दौडबाट बाहिरिएका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij