Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति अबदेखि नदोहोरियोस्: गगन थापा

प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति अबदेखि नदोहोरियोस्: गगन थापा


  • 3.4K
    Shares

    प्रधानमन्त्रीको उत्तेजक अभिव्यक्ति अबदेखि नदोहोरियोस्: गगन थापा
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उत्तेजित अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।

    सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रया दिने क्रममा अभिव्यक्ति मार्फत उत्तेजनामा ल्याउन नहुने विचार राखेका हुन् । 

    उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्नेकुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरु बाहिर सुनियो । त्यस्ता कुराहरु बाहिर आइन्दा नदोहोरियोस् ।’

    कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नहुने भन्दै महामन्त्री थापाले प्रधानमन्त्रीले स्वयं उत्तेजक हुने अभिव्यक्ति दिने कुरा कल्पना बाहिरको कुरा भएको बताए ।

    प्रधानमन्त्री ओलीले शनिबार गोदावरीमा आयोजित नेकपा ९एमाले० बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त बोलीप्रति महामन्त्री थापाले आपत्ति जनाएका हुन् ।

    १५ जेठमा राप्रपा, राप्रपा नेपाललगायतका दल र विभिन्न राजावादी संघसंस्थाले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेजी, हिन्दूराज्य पुनर्स्थापना लगायतका माग राखेर आन्दोलन थाल्ने घोषणा गरेका छन् ।

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १२:५५:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij