Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपातमा वृद्धि

बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपातमा वृद्धि


  • 1.4K
    Shares

    बैंक वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपातमा वृद्धि

    काठमाडौं । नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासिक समीक्षाअनुसार बैंक वित्तीय तथा संस्थाको निष्कृय कर्जा अनुपात उल्लेख्य रुपमा वृद्धि भएको छ ।

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको समीक्षा अवधिमा निष्कृय कर्जा अनुपातमा वृद्धि देखिएको छ ।

    “बैंक तथा वित्तीय संस्थाहरुको निष्कृय कर्जा अनुपात २०८० चैतमा ३.९८ प्रतिशत रहेकोमा २०८१ चैतमा ५.२४ प्रतिशत पुगेको छ,। निष्कृय कर्जा अनुपात गत चैतमा वाणिज्य बैंकहरुको ५.०५, विकास बैंकको ५.५६ र वित्त कम्पनीको १३.०४ प्रतिशत छ भने गत आर्थिक वर्षको सोही अवधिमा यो अनुपात वाणिज्य बैंकको ३.८९, विकास बैंकको ३.६३ र वित्त कम्पनीको १०.४० प्रतिशत रहेको थियो ।

    गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कर्जा प्रवाह बढेको छ भने निक्षेप संकलन  भने घटेको छ । चालु आर्थिक वर्षको गत चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ  ३ खर्ब ६१ अर्ब ३ करोड बराबर कर्जा प्रवाह भएको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा निजी क्षेत्रतर्फ २ खर्ब २२ अर्ब २१ करोड कर्जा प्रवाह भएको थियो भने समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब ६८ अर्ब ४७ करोडले वृद्धि भएको छ । 

    बैंक तथा वित्तीय संस्थाको औसत आधार दर र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर घटेको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा ८.५१ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ चैतमा ६.२९ प्रतिशतमा झरेको छ । 

    त्यसैगरी, २०८० चैतमा ६.५३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ चैतमा ४.४५ प्रतिशतमा झरेको छ । त्यसैगरी २०८० चैतमा १०.५५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर २०८१ चैतमा घटेर ८.२२ प्रतिशत कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरु बीचको भारित औसत अन्तरबैंक दर ३.१० प्रतिशतबाट घटेर ३ प्रतिशतमा आएको छ । डिजिटल माध्यमबाट हुने कारोबार विस्तारको क्रममा रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ । 

    अघिल्लो वर्षको चैत मसान्तसम्ममा आरटिजिएस मार्फत् २ खर्ब ५० खर्ब २७ अर्ब ७५ करोड बराबरको ५ लाख ८२ हजार वटा कारोबार भएको थियो । 

    त्यसको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११३.०९ प्रतिशतले वृद्धि भई ५ खर्ब ३३ खर्ब ३२ अर्ब २८ करोड बराबरको ६ लाख ८ हजार कारोबार भएका छन् ।

     

     

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - ११:१८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij