Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

राजनीति

गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माओवादीको सुझाव

गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न माओवादीको सुझाव


  • 2.5K
    Shares

    गृहमन्त्री रमेश लेखकलाई  राजीनामा दिएर  मार्ग प्रशस्त गर्न  माओवादीको सुझाव

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिन सुझाव दिएको छ । 

    सोमबार बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । 

    ‘नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी आवाज आइराखेको छ । कांग्रेसभित्रकाले पनि राजीनामा मागेका छन् । हाम्रो पार्टीको पदाधिकारी बैठकले के निष्कर्ष निकालेको छ भने, राज्यका निकायहरूले छानबिन नै सुरु गरिसकेको अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ’, बैठकपछि सापकोटाले भने, ‘ताकि पावर दुरुपयोग हुन नपाओस् ।

    उहाँले तुरुन्त राजीनामा दिनुपर्छ । जति ढिलो भयो उति राज्यको साख गिर्दै जान्छ ।’ यसबाहेक बैठकले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको उनले बताए । 

    प्रकाशित मिति :जेठ १२ २०८२ सोमवार - १०:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij