Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राजनीति

देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक


  • 1.5K
    Shares

    देउवाले बोलाए पदाधिकारी बैठक
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार बिहान ९ बजे बस्ने गरी देउवाले बैठक बोलाएका हुन् ।

    बैठक देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार क्रियाशील सदस्यताका विषयमा छलफल गर्नका लागि सभापति देउवाले बैठक बोलाएका हुन् ।

    महामन्त्री गगन थापाले क्रियाशील सदस्यता नवीकरणको अवस्था बारे जानकारी गराउन बैठक डाकिएको पौडेलले जानकारी गराए । थापा सदस्यता व्यवस्थापन समितिको संयोजक हुन् ।

    पौडेलले भने,‘महामन्त्री ज्यूले क्रियाशील सदस्यता नवीकरणको अहिलेसम्म भएका कामहरुको व्रिफिङ गर्नुहुनेछ ।’ कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका लागि असार मसान्तसम्मको समयावधि तोकेको छ । पदाधिककारी बैठकमा समसायिक राजनीतिक घटनाक्रम बारे पनि छलफल हुने मुख्य सचिव पौडेलले जानकारी गराए ।

    गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेपछि गृहमन्त्रीको सचिवालय पनि मुछिएको भन्दै मन्त्रीको समेत राजीनामा मागिएको छ । यसबारेमा पनि छलफल हुनेछ ।

     

    प्रकाशित मिति :जेठ ११ २०८२ आइतवार - ११:३९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij