Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

रिलायबल लाइफद्धारा घातक रोग वापत रु.२० लाख बीमा दाबी भुक्तानी

रिलायबल लाइफद्धारा घातक रोग वापत रु.२० लाख बीमा दाबी भुक्तानी


  • 1.8K
    Shares

    रिलायबल लाइफद्धारा घातक रोग वापत रु.२० लाख बीमा दाबी भुक्तानी

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेले रु.२० लाख रुपैयांको घातक रोग वापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ बर्षको बीमा अवधी रहने गरी ५० लाखको जीबनबीमा बीमालेख खरीद गरेको थियो । 

    भरतपुर–घ, चितवन निवासी श्री महेश बानीयांलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण  गरेको हो । बीमीतले घ किस्ता मात्र बीमाशुल्क भ’क्तानी गरेको अवस्थामा मिति  २०८०/१/०२ गते पुरानो मेटिकल कलेज, भरतपुरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो ।

     त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगीएको र सल्लाह बमोजिम नै २०८१  पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।

     नेपालमा अत्यन्तै महंगो उपचार मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागी ४० लाख सम्म खर्च लाग्ने गर्दछ। निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडी बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पुर्ण कागजात कम्पनीमा पेश गरेको छाटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो । 

    कम्पनीद्धारा २०८२/०२/०७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित १ गते कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा प्रमुख श्री राजकुमार दाहाल ज्युले उक्त दाबी रकम ४० लाखको चेक बीमितलाई हस्तान्तरण गरेकोे हो । 

    कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफुलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भक्तानी तथा प्रकृया सम्बन्धी सम्पुर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए ।

    आफुलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नुहुने बीमा अभिकर्ता श्री सरस्वती गौतमलाई बिशेष धन्यवाद दिंदै भोलीका दिनमा आफु जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

     

    प्रकाशित मिति :जेठ ९ २०८२ शुक्रवार - १४:५८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij