Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

उत्तर प्रदेशमा आँधीका कारण १४ जनाको मृत्यु

उत्तर प्रदेशमा आँधीका कारण १४ जनाको मृत्यु


  • 1.9K
    Shares

    उत्तर प्रदेशमा आँधीका कारण १४ जनाको मृत्यु
    images

    काठमाडौं । भारतको उत्तर प्रदेशलगायत देशभरका धेरै क्षेत्रमा बुधबार साँझ आएको आँधीले जनधनको क्षति पुर्‍याएको छ । उत्तर प्रदेशमा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको बीबीसी संवाददाता सैयद मोजिज इमामले जनाएका छन् । 

    मौसम विभागले उत्तर प्रदेशका ४७ जिल्लाका लागि अलर्ट जारी गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’मा एक पोस्ट गर्दै राहत कार्य पूर्ण रूपमा र छिटो सम्पन्न गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिइएको छ । 

    आँधीबाट उत्तर प्रदेश मात्र नभई दिल्लीका विभिन्न क्षेत्र पनि प्रभावित भएका छन् । राजधानी दिल्लीका धेरै क्षेत्रमा रुख ढलेर विभिन्न सवारीसाधनमा क्षति पुगेको छ, जसका कारण धेरै क्षेत्रमा यातायात अवरुद्ध भएको छ भने मेट्रो सेवा पनि प्रभावित भएको छ ।

    प्रकाशित मिति :जेठ ८ २०८२ बिहिवार - ११:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij