Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

अमेरिकाले भारतीयलाई लगायो ट्राभल एजेन्सी र एजेन्ट भिसामा प्रतिबन्ध

अमेरिकाले भारतीयलाई लगायो ट्राभल एजेन्सी र एजेन्ट भिसामा प्रतिबन्ध


  • 3.5K
    Shares

    अमेरिकाले  भारतीयलाई  लगायो ट्राभल एजेन्सी र एजेन्ट भिसामा प्रतिबन्ध
    images

    काठमाडौं । अमेरिकाले भारतीय ट्राभल एजेन्सी र एजेन्टहरूलाई भिसा प्रतिबन्ध लगाएको छ । अवैध आप्रवासनलाई बढावा दिएको आरोपमा अमेरिकाले भिसा प्रतिबन्ध लगाएको हो ।

    अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो अमेरिकी आप्रवासन कानुन र नीति लागू गर्न, कानुनको शासन कायम राख्न र अमेरिकीहरूको सुरक्षा गर्न महत्वपूर्ण छ ।’

    विज्ञप्तिमा भिसा प्रतिबन्धबाट प्रभावित व्यक्तिहरूको जानकारी दिइएको छैन भने ट्राभल एजेन्सी र एजेन्टको विषयमा पनि उल्लेख गरिएको छैन ।

    राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै अमेरिकाले अवैध आप्रवासी भन्दै गत फेब्रुअरीमा केही भारतीयहरूलाई देश निकाला गरेको थियो । उनीहरूलाई हतकडी र नेल लगाइएको अवस्थामा अमेरिकी विमानबाट भारत ओरालिएको तस्वीर सार्वजनिक भएका थिए ।

    अमेरिकी विदेश विभागले विदेशी मानव तस्करीको नेटवर्क तोड्न यस्तो कदम उठाइएको दावी गरेको छ । विभागले आप्रवासन र राष्ट्रियतासम्बन्धी अधिनियमको धारा २१२ (ए) ९३० (सी)अनुसार प्रतिबन्ध लगाएको हो ।

    यसअघि नयाँदिल्लीस्थित अमेरिकी दूतावासले अमेरिका जाने भारतीयहरूलाई भिसा अवधिभन्दा बढी नबस्न पटकपटक चेतावनी जारी गरेको थियो । त्यस्ता भिसाबाहकलाई देश निकाला गरिने तथा स्थायी रूपमा प्रवेश प्रतिबन्ध लगाइने उसको चेतावनी थियो ।

     

    प्रकाशित मिति :जेठ ७ २०८२ बुधवार - १२:०१:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij