Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रचण्डको प्रस्ताव ‘लाञ्छना र आरोपपत्र’ भएकाले फिर्ता लिनुपर्ने ओलीको अडान

प्रचण्डको प्रस्ताव ‘लाञ्छना र आरोपपत्र’ भएकाले फिर्ता लिनुपर्ने ओलीको अडान


  • 8.1K
    Shares

    प्रचण्डको प्रस्ताव ‘लाञ्छना र आरोपपत्र’ भएकाले फिर्ता लिनुपर्ने ओलीको अडान

    प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले ‘लाञ्छना र आरोपपत्र’को छलफल सचिवालय बैठकमा हुन नसक्ने भएकाले त्यसलाई फिर्ता लिनुपर्ने अडान राखेका छन् । 

    अध्यक्ष ओलीले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्ताव ‘लाञ्छना, आरोप, कुण्ठा र प्रतिशोध’को पोका मात्र भएकाले त्यसलाई फिर्ता लिएर सहमतिको बाटोबाट अगाडि बढ्नुपर्ने बताएको छ । 

    प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले सचिवालय बैठक अगाडि बढाउन अर्का अध्यक्ष दाहाललाई आग्रह गर्दै दाहालद्वारा प्रस्तुत कुण्ठा, आग्रह, पूर्वाग्रहसहितको आरोपपत्रलाई स्वीकार नगर्ने स्पष्ट पारे ।

    स्रोतका अनुसार अध्यक्ष ओलीले पार्टी सङ्गठन, विधान, विधि र प्रक्रिया विपरीत कुन बैठकको निर्णय अनुसार प्रस्ताव छापेर बाँडिएको हो भन्दै प्रश्न गरेका थिए । आजको गोरखापत्रमा समाचार छ ।

    प्रकाशित मिति :मंसिर १७ २०७७ बुधवार - ०८:४९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij