Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

१० मिनेट पाइलटविनै उड्यो विमान, कप्तान शौचालयमा, सह–पाइलट बेहोस

१० मिनेट पाइलटविनै उड्यो विमान, कप्तान शौचालयमा, सह–पाइलट बेहोस


  • 3.9K
    Shares

    १० मिनेट पाइलटविनै उड्यो विमान,  कप्तान शौचालयमा, सह–पाइलट बेहोस
    images

    काठमाडौं । लुफ्थान्सा विमान जर्मनीबाट स्पेनतर्फ उडिरहेको थियो । एउटा अचम्म र डरलाग्दो अवस्था बन्यो जब कप्तान शौचालय गएका थिए, सह-पाइलट बेहोस् भएका थिए । घटना हो फेब्रुअरी २०२४ को ।

    घटना पुरानो भए पनि अनुसन्धान प्रतिवेदन भने हालसालै सार्वजनिक भएको छ । एयरबस ए३२१ विमानमा १९९ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए। विमान फ्रान्कफर्ट, जर्मनीबाट सेभिया, स्पेनतर्फ जाँदै थियो।

    कप्तानको प्रष्टीकरणः म शौचालय जाँदा सह(पाइलट ठिक थिए  ४३ वर्षीय कप्तानले अनुसन्धानकर्ताहरूसँग आफू शौचालय जाँदा ३८ वर्षीय सह–पाइलट बिलकुल ठीकठाक र सतर्क थिए।

    विमान अवतरण हुन अझै ३० मिनेट बाँकी थियो, त्यसैले पाइलटले शौचालय जाने उपयुक्त समय भन्ठाने । जब पाइलट करिब ८ मिनेटपछि फर्किए तर सुरक्षा कोड प्रविष्ट गर्दा पनि ककपिटमा प्रवेश गर्न सकेनन् ।

    कप्तान डराए र कुराकानीका लागि इन्टरकम प्रयोग गरे, तर पनि कुनै प्रतिक्रिया आएन। त्यसपछि उनले आपतकालीन कोड प्रयोग गरेर ढोका खोल्ने प्रयास गरे। त्यही बेला भित्रबाट सह–पाइलटको होस खुल्यो र उनले ढोका आफैं खोले।

    ‘सह–पाइलटको अनुहार उडेको थियो, पसिना आइरहेको थियो र उनी अनौठो किसिमले हिंडिरहेका थिए,’ कप्तानले बताए। त्यसपछि उनले क्याबिन क्रूलाई सहयोगका लागि बोलाए।

    सह–पाइलटलाई चालक दल र यात्रुका रूपमा यात्रा गरिरहेका एक डाक्टरले प्राथमिक उपचार दिए। डाक्टरले सम्भावित मुटुसम्बन्धी समस्या भएको अनुमान गरेका थिए।

    सह–पाइलटले भनेस् कतिबेर बेहोस भएँ, थाहै छैन

    अनुसन्धान प्रतिवेदनका अनुसार सह–पाइलटले आफू कतिबेला बेहोस् भएँ भन्ने थाहा नपाएको बताए । ‘म बेहोस भएछु, तर कहिले भएँ भन्ने थाहा छैन। त्यसअघि मलाई सरागोसा माथि उडिरहेको सम्झना छ, त्यसपछि क्याबिन क्रू र डाक्टरले उपचार गरिरहेको अवस्थामा ब्युँतिएँ।’

    अनुसन्धान प्रतिवेदनअनुसार, ‘उनको बेहोसी यति एक्कासी भयो कि उनले अरू चालक दललाई जानकारी दिन पनि भ्याएनन्।’

    कप्तानले त्यसपछि विमानलाई नियन्त्रण लिए र त्यसबेला सबैभन्दा नजिकको विमानस्थल म्याड्रिडतर्फ मोडे। सह–पाइलटलाई तत्काल अस्पताल लगियो, जहाँ चिकित्सकहरूले उनको एक्कासी र गम्भीर रूपमा बेहोस हुनुको कारण न्युरोलोजिकल समस्या भएको बताए।

    अहिले उनको चिकित्सकीय उडान अनुमति निलम्बन गरिएको छ ।

    प्रकाशित मिति :जेठ ४ २०८२ आइतवार - १३:१३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij