२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गतको कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ ।
बैंकले उक्त रकम ३६६ दिनका लागि निक्षेपको रूपमा बैंकमा राख्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थालाई दरखास्त आह्वान गरेको छ ।
जारी गरेको सूचना अनुसार कुल रकम मध्ये ८ करोड ६४ लाख रुपैयाँ ‘क’ वर्गको वाणिज्य बैंकहरुको लागि छुटाइएको छ भने ‘ख’ वर्गको विकास बैंकहरुको लागि १ करोड ६२ लाख रुपैयाँ र ‘ग’ वर्गको वित्तीय संस्थाहरुको लागि ५४ लाख रुपैयाँ छुटाइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले जेठ ३ गते बिहान १० बजेदेखि साँझ ७ बजेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij