Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम

मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम


  • 1.4K
    Shares

    मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै, बागमतीमा सबैभन्दा कम

    काठमाडौं । प्रदेश सरकारहरूमध्ये सबैभन्दा धेरै बेरुजु मधेश रहेको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको लेखापरीक्षणको सारांशअनुसार सबै प्रदेशमध्ये मधेश प्रदेशको बेरुजु सबैभन्दा धेरै देखिएको हो ।

    गत आर्थिक वर्षमा प्रदेश सरकारतर्फ लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु कायम भएकोमा सबैभन्दा बढी मधेश प्रदेशको २.५७ प्रतिशत रहेको महालेखाको प्रतिवेदनले देखाएको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु बागमती प्रदेशको ०.८२ प्रतिशत रहेको छ ।

    त्यस्तै, स्थानीय तहहरूको लेखापरीक्षण अंकको तुलनामा २.२६ प्रतिशत बेरुजु देखिएको महालेखाले औँल्याएको छ । जसमध्ये ५ प्रतिशत भन्दा कम बेरुजु हुने स्थानीय तहको संख्या ६९२ वटा र ५ देखि १५ प्रतिशत बेरुजु हुने स्थानीय तहको संख्या ६८ वटा रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - १६:२५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij