Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

इजरायलले गाजाको अस्पतालमा एकैसाथ ६ वटा बम खसाल्यो, २८ जनाको मृत्यु

इजरायलले गाजाको अस्पतालमा एकैसाथ ६ वटा बम खसाल्यो, २८ जनाको मृत्यु


  • 3.3K
    Shares

    • images
    इजरायलले गाजाको अस्पतालमा एकैसाथ ६ वटा बम खसाल्यो, २८ जनाको मृत्यु

    गाजास्थित खान युनिसको एक युरोपेली अस्पतालमा इजरायलले हवाई आक्रमण गर्दा २८ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

    यो जानकारी हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले दिएका हुन्।

    स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ ६ वटा बम खसालेका थिए। बम अस्पतालका आँगन र वरपरका क्षेत्रमा खसेका थिए।

    इजरायली सेनाले ‘कमान्ड एन्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूविरुद्ध सटिक हमला’ गरेको बताएको छ। इजरायलले यो केन्द्र अस्पतालमुनि रहेको दाबी गरेको थियो।

    यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।

    ७ अक्टोबर २०२३ मा सुरु भएको इजरायल र हमासबीचको यो द्वन्द्वमा हालसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।

    प्रकाशित मिति :बैशाख ३१ २०८२ बुधवार - ०६:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij