Logo

२०८२ चैत्र ८ गते आइतवार

२०८२ चैत्र ८ गते आइतवार

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत


  • 1.1K
    Shares

    • images
    आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

    वासिङ्टन डिसी । अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन्।

    स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो।

    छलफलपछि बेसेन्टले वार्तालापलाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबिचको यो पहिलो बैठक थियो।

    ट्रम्पले चिनियाँ आयातमा १४५% सम्मको भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५% सम्मको भन्सार शुल्क लगाएको छ। यी भारी शुल्कहरूले वित्तीय बजारमा उथलपुथल निम्त्यायो भने विश्वव्यापी मन्दीको डर बढाएको थियो ।

    अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिनको लागि ३०% मा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार कर १०% मा घटाइनेछ।

     

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १३:५६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij