Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै

वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै


  • 1.2K
    Shares

    वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर घट्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार गत चैत महिनामा वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर निरन्तर घटेको छ । 

    १ वर्षको अवधिमा मात्रै बैंकहरूको कर्जाको औसत ब्याजदर २.३३ प्रतिशत बिन्दुले घटेको छ । तथ्यांकअनुसार गत चैत महिनामा वाणिज्य बैंकहरूको औसत कर्जाको ब्याजदर ८.२२ प्रतिशतमा झरेको छ । जुन गत वर्षको सोही महिनामा १०.५५ प्रतिशत रहेको थियो ।

    त्यस्तै, राष्ट्र बैंकको निक्षेपको औसत ब्याजदर १ वर्षको अवधिमा २.०८ प्रतिशत बिन्दुले घटेर ४.४५ प्रतिशतमा झरेको छ भने गत वर्ष  यो वर्ष साउनमा ५.६६ प्रतिशत भदौमा ५.५३ प्रतिशत, असोजमा ५.२४ प्रतिशत, कात्तिकमा ५.०१ प्रतिशत, मंसिरमा ४.७८ प्रतिशत, पुसमा ४.७५ प्रतिशत, फागुनमा ४.५४ प्रतिशत र चैतमा ६.५३ प्रतिशत  रहेको थियो ।  

    राष्ट्र बैंकको अनुसार कर्जाको औसत ब्याजदर गत फागुनमा ८.४० प्रतिशत, माघमा ८.५५ प्रतिशत, पुसमा ८.६९ प्रतिशत, मंसिरमा ८.९० प्रतिशत, कात्तिकमा ९.०७ प्रतिशत, असोजमा ९.३३ प्रतिशत, भदौमा ९.५२ प्रतिशत र साउनमा ९.६८ प्रतिशत रहेको थियो ।

    विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदरमा पनि गीरावट आएको छ  । विकास बैंकहरूको औसत कर्जाको ब्याजदर ९.५९ प्रतिशत कायम भएको छ। यस्तै, वित्त कम्पनीहरूको कर्जाको औसत ब्याजदर २.९६ प्रतिशत बिन्दुले घटेर हाल १०.४० प्रतिशतमा पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरूको अन्तर बैंक कारोबारको औसत ब्याजदर पनि गत वर्षको तुलनामा घटेको छ । 

    निक्षेपको ब्याजदर घटेसँगै बैंकहरूको लागत पनि कम भएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार साउनमा ७.६१ प्रतिशत, भदौमा ७.४९ प्रतिशत, असोजमा ७.२९ प्रतिशत, कात्तिकमा ७.०२ प्रतिशत, मंसिरमा ६.८२ प्रतिशत, पुसमा ६.६५ प्रतिशत, माघमा ६.४६ प्रतिशत, फागुनमा ६.३४ प्रतिशत र चैतमा औसत आधार दर ६.२९ प्रतिशतमा झरेको छ ।

     

    प्रकाशित मिति :बैशाख २९ २०८२ सोमवार - १३:१९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij