२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता वृद्धि भएपछि नेपाल राष्ट्र बैंकले आज पनि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप उक्त रकम तान्ने भएको हो ।
अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि उक्त रकम तान्ने भएको छ। आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।
निक्षेप दिन चाहाने बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन् भने निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्। २१ दिने निक्षेप संकलन उपकरणको जेठ १८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij