२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकले ‘क’,‘ख’र ‘ग’वर्गका बैंक तथा वित्तीय संस्थालाई चाहीको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ।
बैंकले कोषमा रहेको रकममध्ये ‘क’ वर्गको वाणिज्य बैंकमा १६ करोड रुपैयाँ, ‘ख’ वर्गको विकास बैंकमा ३ करोड रुपैयाँ र ‘ग’ वर्गको राष्ट्रियस्तरको वित्त कम्पनीमा १ करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत लगानी गर्न लागेको छ ।
बैंकले शुक्रबार ७ बजेसम्म इच्छुक वाणिज्य बैंकहरुलाई आवेदन दिन आग्रह गरेको छ। मुद्दती निक्षेपमा २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनको लागी राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ।
साथै, बैंकले तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको र निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत शर्त राखेको राष्ट्र बैंकले जानकारी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij