Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सांसदले धारणा राख्ने क्रम सकिने

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सांसदले धारणा राख्ने क्रम सकिने


  • 988
    Shares

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, सांसदले धारणा राख्ने क्रम सकिने
    images

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। शुक्रबार बिहान ११ बजेका लागि बैठक आह्वान भएको संसद् सचिवालयले जनाएको छ। 

    आजको बैठकमा पनि सांसद्हरुले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने कार्यसूची छ। नीति तथा कार्यक्रममाथि सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने छ। 

    आजको बैठकमा बोल्न बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रममाथि सोमबारदेखि निरन्तर छलफल भइरहेको छ। 

    नीति तथा कार्यक्रममाथिको छलफलको लागि प्रतिनिधिसभामा छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले आज यसमाथिको बहस सकिने संसद् सचिवालयले जनाएको छ।  

    दुवै सदनमा यही वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ। 

    प्रकाशित मिति :बैशाख २६ २०८२ शुक्रवार - ०७:३५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij