२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । बिहीबार काठमाडौंमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। विकास देवकोटाले नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगको बिरामीहरु मधेस प्रदेशमा फेला परेको बताएका छन् ।
नेपालमा सबैभन्दा बढी नयाँ कुष्ठरोगको बिरामीहरु मधेस प्रदेशमा फेला परेका हो । देवकोटाको अनुसार मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ । सबैभन्दा बढी नयाँ कुष्ठरोगका बिरामीहरु मधेस प्रदेशमा देखिएका छन् भने मधेस प्रदेशमा कुल केसको एक तिहाई भन्दा बढी रहेका छन् ।
दोस्रो सबैभन्दा बढी केसहरु लुम्बिनी प्रदेशमा रहेका छन् ।कुल केसको एक चौथाई भन्दा बढी रोगीहरु रहेको देवकोटाले बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को अन्त्यसम्म नयाँ फेला परेका २ हजार ४ सय ७२ कुष्ठरोगीहरुमध्ये महिलाको संख्या १ हजार ४२ रहेको थियो भने १४ वर्ष मुनिका नयाँ बिरामीको संख्या १ सय ३६ रहेको उनको भनाइ रहेको छ ।
देवकोटाले पहिचान रहेको सबै कुष्ठरोगका बिरामीहरु उपचाररत रहेको बताएका छन् । प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम व्यक्ति रोगी रहेको अवस्था हुनुपर्छ । आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकलाई विश्लेषण गर्दा कुष्ठरोगको प्रकोपदर राष्ट्रिय तहमा १ भन्दा कम ९०.९२ प्रतिशत० रहेको छ ।
तर जिल्ला तहको प्रकोप दर हेर्दा ७७ जिल्लामध्ये १८ जिल्लामा १ भन्दा माथि, ४८ जिल्लामा १ भन्दा कम, ११ जिल्लामा कुष्ठरोगका कुनैपनि नयाँ बिरामी फेला परेका छैनन् । मधेस, लुम्बिनी र कोशी प्रदेशमा क्रमशः रोगको उच्च भार रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij