Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते

भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते


  • 2.9K
    Shares

    भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृत्यु, ४६ जना घाइते
    images

    काठमाडौं । भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । 

    पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो । 

    भारतले स्थानीय समयानुसार, बुधबार बिहान १ बजेपछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो । भारतले यस आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ ।

    पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । 

    केही दिनअघि भारतको कश्मीरमा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई पाकिस्तानले साथ दिएको र आत्मरक्षाका लागि आतंकवादीको सेल्टरमा आक्रमण गरिएको भारते जनाएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - ११:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij