Logo

२०८२ कार्तिक ३ गते सोमवार

२०८२ कार्तिक ३ गते सोमवार

समाचार

चीनको प्रतिक्रिया– पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक, संयम अपनाउन आग्रह

चीनको प्रतिक्रिया– पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक, संयम अपनाउन आग्रह


  • 2.0K
    Shares

    चीनको प्रतिक्रिया– पाकिस्तानमाथि भारतको हवाई आक्रमण खेदजनक, संयम अपनाउन आग्रह
    images

    काठमाडौं । भारत र पाकिस्तानबीचको गोलाबारी चलिरहेका बेला चीनले पहिलो पटक मुख खोलेको छ ।

    चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको जनाएको छ ।

    “भारत र पाकिस्तान एकअर्काका छिमेकी हुन् । र, दुवै चीनका पनि छिमेकी हुन्,” चीनको विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन् ।

    सीएनएनका अनुसार, भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जाँदा चीन कूटनीतिक द्विविधामा परेको छ । दुई देशबीचको तनाव चीनले ट्रम्प प्रशासनको दबाबलाई प्रतिरोध गर्न छिमेकी र व्यापारिक साझेदारसँग सम्बन्ध मजबुत बनाउने रणनीतिक प्रयासअन्तर्गत भारतसँग सम्बन्ध सुधार्न खोज्दै गरेको बेलामा आएको हो ।

    पाकिस्तान चीनको निकट साझेदारमध्ये एक हो । पाकिस्तान चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक पनि हो ।

    अप्रिल २७ मा चीनका विदेशमन्त्री वाङ यीले आफ्नो पाकिस्तानी समकक्षीसँग टेलिफोनमा कुराकानी गर्दै पाकिस्तानप्रति समर्थन व्यक्त गरे र चीनले दुवै देशबीचको विकास भएका घटनाक्रमहरूलाई नजिकैबाट नियालिरहेको बताएका थिए ।

    चिनियाँ विदेश मन्त्रालयले पाकिस्तानमाथि भारतीय सैन्य कारबाहीलाई खेदजनक भनेको छ ।

    दक्षिण एसियाका दुई ठूला मुलुकबीच बढेको तनावबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भनेकी छन्- हामी त्यहाँ भइरहेको सबै गतिविधिलाई चासोपूर्वक हेरिरहेका छौँ । आज बिहानै भारततर्फबाट भएको सैनिक अप्रेसन खेदजनक छ । दुवै देशलाई शान्त र संयम रहन आग्रह गरेका छौँ । थप नराम्रो घटनातर्फ नजान भनिरहेका छौँ ।

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १०:४७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij