Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैंकले आज पनि ३५ अर्ब तान्दै

नेपाल राष्ट्र बैंकले आज पनि ३५ अर्ब तान्दै


  • 1.0K
    Shares

    नेपाल राष्ट्र बैंकले आज पनि ३५ अर्ब तान्दै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज पनि थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ।  बैंकिङ प्रणाली अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन गर्दै आएको  छ।

    अधिक तरलता व्यवस्थापन गर्न बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। त्यसको लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको  छ।

    बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने छन्।  निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।

     निक्षेप संकलन उपकरणको जेठ १४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - १०:०३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij