Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, तीन जनाको मृत्यु

मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, तीन जनाको मृत्यु


  • 5.1K
    Shares

    मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, तीन जनाको मृत्यु
    images

    काठमाडौं । भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ ।

    पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ । डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् । तर भारतीय मिडियाले भने पाकिस्तानमा आक्रमण भएको बताए पनि मृत्युको सम्बन्धमा केही भनेका छैनन् । 

    भारतको यो आक्रमण सैन्य इलाकामा नभई अन्य वस्ती क्षेत्रमा भएको जनाइएको छ । यो आक्रमणसँगै पाकिस्तानले आफ्नो हवाई क्षेत्रसमेत बन्द गरेको छ ।

    भारतको कास्मिर पहलगाममा पयर्टनमाथि भएको आतंककारी आक्रमणको बदलमा भारतले पाकिस्तानमाथि जवाफी कारवाही गरेको हो । भारतले उक्त आक्रमणमा पाकिस्तान जिम्मेवार भएको आरोप लगाउँदै आएको छ । उक्त आतंककारी हमलामा एक नेपालीसहित कुल २६ जनाको निधन भएको थियो ।

    भारतीय सैन्य आक्रमणपछि पाकिस्तानको पञ्जाव राज्यमा आपत‍्काल घोषणा गरिएको पाकिस्तानी मिडियाले जनाएका छन् ।

    भारतले कास्मिरको पहलगाममा भएको आतंककारी हमलाको जवाफमा पाकिस्तानका विभिन्न नौ स्थानमा सैन्य आक्रमण गरेको सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले यो आक्रमणलाई ‘अपरेसन सिन्दुर’ नाम दिएको छ । 

    भारतको यो आक्रमणपछि भारतीय रक्षामन्त्री राजनाथ सिंहले आफ्नो एक्स ह्यान्डलमा ‘भारत माता की जय’ लेखेका छन् । 

    प्रकाशित मिति :बैशाख २४ २०८२ बुधवार - ०३:२०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij