२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य फेरी घटेको छ ।
गत शुक्रबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४०० रुपैयाँले घटेको हो ।
यो सँगै आज प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ रहेको छ ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । गत शुक्रबार १३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij