Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

फेरि नयाँ क्रान्तिको लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई प्रचण्डको अपिल

फेरि नयाँ क्रान्तिको लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई प्रचण्डको अपिल


  • 2.1K
    Shares

    फेरि नयाँ क्रान्तिको लागि तयारी अवस्थामा रहन  नेता तथा कार्यकर्तालाई  प्रचण्डको अपिल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि नयाँ क्रान्ति गर्न तयारी अवस्थामा रहन अपिल गरेका छन् । 

    १३६ औँ मे दिवसको अवसरमा बिहीबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिका लागि तयारीसाथ बस्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । 

    आन्दोलन शान्तिपूर्ण हुने तर राज्यले दमन गरे दुनियाको कुनै शक्तिले रोक्न नसक्ने प्रचण्डको जिकिर रहेको छ । अध्यक्ष प्रचण्डले जनताको तागतको साथ एकजुट भएर लागेमा आफूले भनेजस्तै संविधान संशोधन गर्न सकिने बताएका छन् । 

    कम्युनिस्ट पार्टीको नेतृत्वमा मजदुर, श्रमिक र कृषकका हितमा जनयुद्ध भएको भन्दै प्रचण्डले माओवादी जनयुद्ध र जनआन्दोलनको मिश्रणमा श्रमिकहरुको हकअधिकार संविधानमा राख्न सम्भव भएको बताएका छन् । 

     

    प्रकाशित मिति :बैशाख १८ २०८२ बिहिवार - १५:०९:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij