२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियामकीय व्यवस्था तथा निर्देशन उलंघन गरेकोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाइ राष्ट्र बैंकले १४ करोड ८५ लाख २५ हजार ५६६.८७ रुपैयाँ जरिवाना गरिएको छ।
बैंकले कृषि, उर्जा र लघु साना तथा मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा लगानी नगरेपछि जरिवाना गरेको छ ।
राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित ५ वाणिज्य बैंकलाई कारबाही गरेको छ। कारबाहीमा परेको बैंकहरु स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन्।
लक्ष्मी सनराइज बैंकले राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाको प्रोडक्ट पेपरहरुको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ ।
चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात यस्तो कर्जालाई आवधिक कर्जामा परिणत गर्नाले कर्जा जोखिम व्यवस्थापनमा व्यवस्थापन गम्भिर नरहेको नपाइएकोले केन्द्रीय बैंकले कारबाही गरेको हो।
कुमारी बैंकको प्रमुख कार्यकारीले सुक्षम निगरानी तथा निष्कृय कर्जालाई वर्गीकरण नगरेको साथै न्यूनतम कर्जा नोक्सानी व्यवस्था समेत नगरेको भन्दै नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० को खण्ड ९क० बमोजिम सचेत गराइएको छ।
नेपाल बैंक र बैंकका प्रमुख कार्यकारी अधिकृतबीच भएको सम्झौताअनुसार उक्त बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, उच्च ब्यवस्थापन तहमा रहेका कर्मचारीहरुबीच आपसी समन्वय गराउन नसकेको देखिएकोले नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा ९२० ९क० बमोजिम राष्ट्र बैंकले सचेत गराइएको छ।
राष्ट्रिय वाणिज्य बैंकले कर्जाको समय नाघेको अवधिको आधारमा कर्जाको वर्गीकरण नगरेको, सोही अनुसार कर्जा नोक्सानी व्यवस्था र जोखिम भार समेत गणना नगरेको पाइएपछि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड ९क० बमोजिम सचेत गराइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij