Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

हिजो बेलुका ओली र देउवाबीच सरकार परिवर्तन बारे फोन संवाद, के भएको थियो कुराकानी ?

हिजो बेलुका ओली र देउवाबीच सरकार परिवर्तन बारे फोन संवाद, के भएको थियो कुराकानी ?


  • 8.6K
    Shares

    हिजो बेलुका ओली र देउवाबीच सरकार परिवर्तन बारे फोन संवाद, के भएको थियो कुराकानी ?
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अहिले तलमाथि नहुने बताएकी छन् ।

    थाइल्यान्डको राजधानी बैंककमा २१ देखि २५ अप्रिलसम्म बैंककमा भएको संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औँ सत्रमा सहभागी भएर शुक्रबार काठमाडौं फर्किने क्रममा उनले यस्तो बताएकी हुन् ।

    राणाले आफू विशुद्ध राष्ट्रसंघीय कार्यक्रममा गएको जानकारी पनि दिइन् । कांग्रेस सभापतिसमेत रहेका पति शेरबहादुर देउवा पनि उपचार र व्यक्तिगत काममा गएकाले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न उनले भनिन् ।

    ‘यो पटक कसैसँग राजनीतिक भेटघाट भएन । अस्ति बिम्स्टेकमै भेटघाट भएको हो’, उनले भनिन्, ‘उहाँ (शेरबहादुर देउवा) पनि राजनीतिक भेटघाट गर्न जानु भएकै होइन । उहाँ चेकअप र व्यक्तिगत काममा जानु भएको हो ।’

    राणाले आफूहरू दुवैजना विदेश रहेका बेला सरकार फेरिने भन्दै मनोरञ्जनका लागि समाचार बनाइएको पनि बताइन् । ‘हामी विदेशमा हुँदा यता देशमा हल्ला चलेछ । मनोरञ्जनका लागि पनि यस्ता समाचार आउँछन्’, उनले भनिन्, ‘सरकार नेपालमै बसेर परिवर्तन गर्ने होला नि, विदेशमा बसेर होइन ।’

    उनले सरकार परिवर्तन हुने हल्लाबीच बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच फोन वार्ता भएको पनि बताइन् । ‘हिजै बेलुका पनि यो हल्लाबारे प्रधानमन्त्री र सभापति देउवाबीच फोन संवाद भएको छ’, उनले भनिन्, ‘उहाँले प्रधानमन्त्रीलाई कुनै चिन्ता नगर्नु भन्नु भएको छ । त्यो स्वभाविक पनि हो ।’

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १२:०७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij