Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

युथ सेलिब्रेसन

युवालाई ओलीको निर्देशन: जे गर्नुपर्ने हो सरकारले गर्छ, ढुक्कले मिसन ०८४ मा लाग्नुस्

युवालाई ओलीको निर्देशन: जे गर्नुपर्ने हो सरकारले गर्छ, ढुक्कले मिसन ०८४ मा लाग्नुस्


  • 5.2K
    Shares

    युवालाई ओलीको निर्देशन: जे गर्नुपर्ने हो सरकारले गर्छ, ढुक्कले मिसन ०८४ मा लाग्नुस्
    images

    काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

    लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसनमा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेको बताए ।

    उनले भने, ‘यो संयुक्त सरकार संकल्पसहित बनेको हो । यो स्थिरता र स्थायित्वका लागि बनेको हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन, चुनावको बारेमा चिन्ता गर्नुपर्छ । त्यसैले एमालेले सरकार बनाउँ, सरकार बचाउँ भनेर कराएको छैन ।

    एमालेले जहिले पनि चुनाव हेरेको हुन्छ, हामीले ७० को चुनाव भन्यौं, ०७४ को चुनाव भन्यौं, ७९ को चुनाव भन्यौं अब ०८४ को चुनाव भनिरहेका छौं । त्यसैले ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १७:४१:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij