Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बू कुटिए

मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बू कुटिए


  • 1.8K
    Shares

    मेयर हर्क साम्पाङ्गकै नेतृत्वमा धरानका माओवादी नेता लिम्बू कुटिए
    images

    काठमाडौं । धरानका मेयर हर्क साम्पाङ्गका समर्थकले धरानका स्थानीय माओवादी नेता सन्तोष लिम्बूमाथि कुटपिट गरेका छन् ।

    बाटो निर्माणको विषयमा भएको विवाद मिलाउन सोमबार पुगेका साम्पाङ्गले समर्थकलाई उकासेपछि लिम्बूमाथि कुटपिट भएको हो । बाटोसम्बन्धी विवाद छलफल मिलाउनुको साटो साम्पाङ्गले मुख छाड्दै गाली गरेको र आफूमाथि कुटपिटसमेत भएको भएको लिम्बूले बताए ।

    सन्तोष टोल विकास संस्थाका अध्यक्षसमेत हुन् । धरान-११ मा नगरकोट-बानडाँडा बाटो स्तरोउन्नतिका लागि प्रदेश सरकारले २० लाख विनियोजन गरेको थियो । तर, स्थानीयबी विवाद भएपछि हिजो छलफल राखिएको थियो ।

    हैसियत नभएको भन्दै गाली गरेपछि लिम्बू र मेयर साम्पाङगबीच विवाद भयो । ‘मेयर नै मुख छाड्दै हातपातमा उत्रिन खोजेपछि अरु उक्सिएर ममाथि हमला भयो’, लिम्बूले भने ।

    मेयर साम्पाङ्गले लिम्बूलाई वडा सदस्यजत्तिको पनि हैसियत नभएको भन्दै छलफल गर्न जरुरी नभएको बताएको त्यहाँ रहेकाले बताए ।

    प्रकाशित मिति :बैशाख ९ २०८२ मंगलवार - १५:२१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij