Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तिनकुने घटनामा भएको क्षतिमा साढे ४ करोडको बीमा दावी, कुन कम्पनीको कति ?

तिनकुने घटनामा भएको क्षतिमा साढे ४ करोडको बीमा दावी, कुन कम्पनीको कति ?


  • 3.1K
    Shares

    तिनकुने घटनामा भएको क्षतिमा साढे ४ करोडको बीमा दावी, कुन कम्पनीको कति ?

    काठमाडौं । चैत १५ गते काठमाडौं उपत्यकाको तिनकुने घटनामा भएको क्षतिमा बीमा कम्पनीहरुले साढे ३३ लाख रुपैयाँ भुक्तानी दिएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको बैशाख ३ गते सम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

    उक्त घटनामा निर्जीवन बीमा कम्पनीहरुमा कुल ४ करोड ५९ लाख ६२ हजार रुपैयाँ बराबरको दावी पेश भएको छ । हालसम्म चार कम्पनीहरुले मात्रै ३३ लाख ३५ हजार ८५३ रुपैयाँ बराबरको १३ वटा मात्रै भुक्तानी दिएका छन् ।

    कम्पनीहरुले ८ वटा सम्पत्ति बीमालेख अन्तर्गका ३२ लाख ४२ हजार, मोटर बीमा (निजी) तर्फ ९२ हजार र विविध अन्तर्गत १ हजार १३० रुपैयाँ भुक्तानी दिएका हुन् ।

    शिखर इन्स्योरेन्सले शतप्रतिशत दावी भुक्तानी दिएको छ । कम्पनीमा कुल ४ लाख ९८ हजार २१३ रुपैयाँ बराबरको ५ वटा मात्रै दावी पेश भएको थियो । कम्पनीले छोटो अवधिमा नै शतप्रतिशत दाबी भुक्तानी गर्ने सफल भएको हो ।

    यता, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २६ लाख ७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी दिएको छ । कम्पनीमा कुल ७६ लाख ७० हजार रुपैयाँ बराबरको ८ वटा मात्रै दावी पेश भएको थियो ।

    यस्तै, सगरमाथा लुम्बिनीले ७५ लाख ४९ हजार रुपैयाँ बराबरको ७ वटा दावी पेश भएकोमा २ लाख २ हजार र आइजीआई प्रुडेन्सियलले १७ लाख ३८ हजार रुपैयाँ बराबरको ६ वटा दाबी पेश भएकोमा २८ हजार ३०० रुपैयाँ भुक्तानी दिएको छ ।

    हालसम्म आठ वटा कम्पनीहरुले भने दावी भुक्तानी दिएका छैनन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी रुपैयाँको दावी परेको छ । प्रकाशित विवरण अनुसार कम्पनीमा एक करोड २७ लाख रुपैयाँका दुई वटा बीमा दावी परेका छन् ।

    प्राधिकरणका अनुसार नेको इन्स्योरेन्समा ४ वटा बीमा दावी बराबर ५२ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्समा १ दावी बराबर ४७ लाख ५० हजार रुपैयाँ, नेशनल इन्स्योरेन्समा ११ वटा दावी बराबर २० लाख ७५ हजार रुपैयाँको बीमा दावी परेको छ ।

    साथै हिमालयन एभरेष्ट इन्स्योरेन्समा २२ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा १७ लाख ३८ हजार रुपैयाँ, नेपाल इन्स्योेरेन्समा आठ लाख ७१ हजार रुपैयाँ र प्रभु इन्स्योरेन्समा १ लाख १० हजार रुपैयाँको मात्र बीमा दावी परेको छ ।

    insurance-clim.jpg

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - १७:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij