Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु


  • 6.5K
    Shares

    नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना संक्रमण पुष्टि,  ११ को मृत्यु

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    काठमाडौं उपत्यकामा मात्र १०५१ जना थपिएका छन् । बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २ हजार ३५१ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै नेपालमा कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । मन्त्रालयका अनुसार सोमबरदेखि आजसम्म २३ हजार ९०० जनामा  परीक्षण गर्दा ५ हजार ११४ जनामा संक्रमण पुष्टि भएको छ । 

    यस्तै पछिल्लो २४ घण्टामा ८ हजार ८४४ परीक्षणको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण भएको छ । नेपालमा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय २ पुगेको छ । 

    प्रकाशित मिति :बैशाख ८ २०७८ बुधवार - १६:३४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij